नियम
कार्ययोजना तर्जुमा र स्वीकृत गर्ने
(१) नियम ६ को उपनियम (७) बमोजिम स्वीकृत व्यवस्थापन योजनाले निर्दिष्ट गरे बमोजिम प्रत्येक उपभोक्ता समितिले मातहतका उपभोक्ता समूहस“ग छलफल गरी अनुसूची–२ बमोजिमका विवरणहरू खुलाई आफ्नो क्षेत्रभित्रको प्राकृतिक स्रोत र वातावरणको संरक्षण, प्राकृतिक सम्पदाको सन्तुलित उपयोग तथा सामुदायिक विकासको लागि कार्ययोजना तर्जुमा गरी स्वीकृतिको लागि परिषद्को कार्यालयमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले कार्ययोजना तर्जुमा गर्दा पा“च वर्षको अवधिको लागि तर्जुमा गर्नुपर्नेछ । यसरी तर्जुमा गरिएको कार्ययोजनामा पाँच वर्ष भित्र सञ्चालन गरिने सम्पूर्ण कार्यक्रमको लक्ष्य वार्षिक रूपमा छुटिृने गरी विभाजन गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश हुन आएको कार्ययोजनालाई अध्यक्षले परिषद्को बैठकमा प्रस्तुत गर्नेछ त्यस उपर कुनै संशोधन गर्नुपर्ने भएमा सो समेत गरी कार्ययोजनालाई परिषद्ले स्वीकृत गर्नेछ ।
(४) समितिले कार्ययोजना वनाउने सिलसिलामा कुनै प्राविधिक सहयोग उपलब्ध गराउन परिषद्समक्ष अनुरोध गरेमा त्यस्तो प्राविधिक सेवा उपलब्ध गराउने व्यवस्था परिषद्ले गर्नेछ ।